काठमाडौं,
२१-असोज /  बैंक तथा बित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन (उठाउने) गर्ने भएको छ ।


ADVERTISEMENT


राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा बढी भएको रकम बोलकबोलबाट उठाउन लागेको हो ।


ADVERTISEMENT

# # #


३० दिने निक्षेप संकलन उपकरणमार्फत उठाइएको उक्त रकमको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । निक्षेपको साँवा ब्याज भुक्तानी कात्तिक २१ गते हुनेछ ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो । बजारमा अहिले कसिरब एक खर्ब रुपैयाँ अधिक तरलता छ ।

बैंक तथा बित्तीय संस्थामा अधिक तरलता देखिए पनि अधिक ब्याजदरका कारण निजी क्षेत्रले कर्जा लिन मानिरहेको छैन ।  आजको अन्नपूर्णपोष्टमा खबर छ