धनगढी– लैङ्गिकमैत्री उपमहानगरपालिका बनाउन उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धनगढीमा लैगिंकमैत्री उपमहानगर बनाउन यहाँका जनप्रतिनिधि र सरोकारवालाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT


उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताइन् । उनले लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको प्रष्ट पारिन् ।


ADVERTISEMENT

# # #


उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपानकक्ष र अपाङ्गता सेवाकक्ष निर्माण गरिएको जनाएको छ । रासस