विश्व– नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको भ्रमण गरेका छन् । उनले पर्वतको महाशिला गाउँपालिका ५ लुङ्खुदेउरालीमा रहेको एशियाकै ठूलो महाशिला र आसपासमा रहेका धार्मिकस्थलको अवलोकन गरेका हुन् ।


ADVERTISEMENT


धार्मिक एवं पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको महाशिलाको अध्ययन तथा अवलोकनका लागि उनी पहिलोपटक महाशिला गाउँपालिकामा आईपुगेका हुन् ।


ADVERTISEMENT

# # #


सो क्रममा उनले शिलाको परिक्रमा गर्दै नवनिर्मित संरचना र महाशिला गुरुयोजनामा समेटिएका विषयवस्तुका बारेमा जानकारी समेत लिएका छन् । महाशिलाको महिमा वर्णनयोग्य रहेकाले रहेको बताउँदै उनले आफूले प्रकाशन गर्न लागेको कृतिमा समावेश गर्ने बताए। कालीगण्डकीको तटीय क्षेत्र तथा गण्डक क्षेत्रमा पर्ने हुँदा उक्त शिला पुज्न योग्य रहेको उनको राय छ ।

जगतगुरुको महाशिलाबाट फर्केर केही दिनका लागि पर्वतका पवित्र धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीमा बसेर प्रवचन दिने कार्यक्रम छ । उनले माघ २७ गतेसम्म कृष्णगण्डकी र शालिग्राम शिलाको बारेमा प्रवचन दिने बताइएको छ ।

महाशिलामा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षय तृतीयालगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । महाशिलाको विकासका लागि गाउँपालिकाले यसअघि नै रु ७० करोडको विस्तृत परियोजना बनाइसकेको छ । सोहीअनुसार सङ्घ, प्रदेश र गाउँपालिकाको सहयोगमा अर्धनारीश्वरको मूर्ति स्थापना गर्न थालिएको छ भने १०८ धारा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष पौडेलले बताए । रासस