डडेल्धुरा– जिल्ला कारागारमा रहेका लाई कोरोना विरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार, कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षामाकर्मी गरी कुल ८८ जनालाई खोप लगाइएको हो ।


ADVERTISEMENT


कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ९३ रहेका थिए । जसमध्ये १० महिला र ८३ पुरुष कैदीबन्दी छन् । उनीहरूमध्ये पनि २४ कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति भट्टले जानकारी दिए ।  ‘कारागारमा रहेका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका थियौँ । तर, २४ बन्दीले लगाउन मानेनन् । यद्यपि उनीहरूलाई पनि लगाउन आग्रह गरिरहेका छौँ’ उनले भने ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डडेल्धुराका फ्रन्टलाइनमा काम गर्ने एक हजार २० स्वास्थ्यकर्मी, कर्मचारीलाई, कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठका अनुसार, अहिले यहाँका सातवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम शुरु भएको छ। कम्तीमा पनि छ दिनभित्रमा पहिलो चरणको खोप लगाइसकिने योजना भए पनि उक्त सात दिनका लागि थप गरिएको छ ।

डडेल्धुरामा कूल एक हजार ६० डोज खोप उपलब्ध भएको थियो । रासस