काठमाडौँ – नेपालका ८ जना राष्ट्रिय क्रिकेट खेलाडी १४ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगिताको अक्सनमा परेका छन् ।


ADVERTISEMENT


आइपीएलको आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोड (बीसीसीआई)ले नेपालका ८ खेलाडी अक्सनमा परेको जनाएको हो । जसमा सन्दीप लामिछानेसहित अन्य ७ जना रहेका छन् । आइपीएलका तीन वटा संस्करण दिल्ली क्यापिटल्समा आवद्ध भएका सन्दीपलाई यसपटक दिल्लीले रिलिज गरेको छ । रिलिज भएसँगै उनी पनि अक्सनबाट छानिएर आउनु पर्नेछ ।


ADVERTISEMENT

# # #


आगामी मे र अप्रिलमा आइपीएलको हुने आइपीएलका लागि भारतसहित १६ देशका १ हजार ९७ जना अक्सनमा समेटिएका छन् । आइपीएलको अक्सन भारतको चेन्नईमा १८ फेब्रुअरीदेखि सञ्चालन सुरु हुँदैछ ।

अक्सनमा भारतबाहेक सबैभन्दा बढी खेलाडी वेष्टइण्डिजका ५६ जना रहेका छन् । एशोसिएट्स देशतर्फबाट नेपालसहित युएई (९), स्कटल्याण्ड (७), अमेरिका (२) र नेदरल्याण्ड (१)का खेलाडीहरु अक्सनमा समेटिएका छन् ।