काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँका एक जना हबल्दारलाई १० हजार रुपैँया घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारी भण्डारी रहेकी छन् । अख्तियारका अनुसार उनी कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग १० हजार घुस माग्दै गर्दा रंगेहात पक्राउ परेकी हुन् । उनलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेकी उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।