कञ्चनपुर– नक्कली नोट बनाउने सामान सहित दुइृ व्यक्ति पक्राउ परेको छ । नेपाल–भारत सीमा क्षेत्र बेलौरी नगरपालिका १०बाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित ४५ वर्षीय रमेश खाती र ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन्।


ADVERTISEMENT


उनका अनुसार, पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ। पक्राउ परेकाबाट नक्कली एक हजारको एक थान र ५ सय का दुई थान नोट बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, उनीहरुबाट विभिन्न नोटको साइजमा काटिएका पेपर ३ सय ८० थान सहित काठको केमिकल राखेको भाँडो एक थान र स्टिलका थाल दुई थान समेत बरामद गरिएको कार्यालयको भनाई छ । रासस