सुरेन्द्र भण्डारी
अध्यक्ष, नेपाल सहकारी बैंक


ADVERTISEMENT


याँ बैंक ल्याउने तयारी अगाडि बढाउनु भएको छ । राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धीको रुपमा नेपाल सहकारी बैंक ल्याउने योजना कसरी बन्यो ?


ADVERTISEMENT

# # #


माघ १७ गतेको भेलामा बैंक स्थापना गरी अगाडि बढ्ने निर्णय अनुसार हामीले आइतबार नेपाल सहकारी बैंकको दर्ता गरेका छौँ । यतिबेला वृत्तीय क्षेत्रमा सहकारी संघ संस्था ३० भन्दा बढी छन् र तिनमा ८ खर्ब भन्दा बढी लगानी रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कुल ३८ खर्ब मध्ये २१ प्रतिशत कारोवार सहकारीबाट हुने गरको छ । यस बैंकको आवश्यकता किन भयो भने राष्ट्रिय सहकारी बैंकले सम्पूर्ण सककारी संस्थालाई सुविधा उपलबध गराउन सकेन । अनुकूल हुनेलाई बिना धीतो पनि ठूलो मात्रामा ऋण उपलब्ध गराएको तर अरुलाई धीतो राखेर पनि ऋण नदिएको विभेदकारी नीति लिएको देखियो । दूरदराजका सहकारीमा पहुँच पुगेन । सम्पूर्ण सहकारी बैंकको कूल ५ प्रतिशत कारोवार मात्र उक्त संस्थाले गर्न सक्यो । जसकारण सहकारीलाई गुणात्मक र प्रतिस्पर्धी बनाउन हामीले बैंक सञ्चालनमा ल्याउने योजना बनायौँ । आगामी दिनमा अरु पनि थपिन्छन्, प्रतिस्पर्धा बढ्छ, सहकारीको पहुँच बढ्छ ।

बैंकको स्थापनापछि यसका खास उद्देश्य के हुनेछन् ?

सहकारी बैंकहरुको सहज पहुँचका यसको मुख्य उद्देश्य हो । खासगरी सहरको पूँजी गाउँ लाने र गाउँको रोजगारी बढाउने उद्देश्यले लगानी बढाउने गरी यसले काम गर्नेछ । राज्यले बैंक तथा वित्तीय संस्थाका तीन खम्बामा एक खम्बा सहकारी भनेको छ । सहकारीलाई गुणस्तरीय सेवा, विकास, समृद्धि र रोजगारीका क्षेत्रमा यसले काम गर्नेछ । आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने गरी गाउँ-गाउँमा स्वरोजगार कार्यक्रमका क्षेत्रमा हामी लगानी गर्नेछौँ । प्रतिस्पर्धात्मक बजारमा एउटाले मात्र चल्न नसक्ने निश्कर्षपछि हामीले यो बैंक स्थापना गर्ने निर्णय गरेर सहकारी विभागमा दर्ता गरिसकेका छौँ । अबको तीन महिनाभित्र बैंक सञ्चालनमा आउँछ ।

बैंक कुन मोडालिटीमा सञ्चालन हुन्छ ?

हामीले यसअघि नै फिल्ड भिजिट गरिसकेका छौँ । अध्ययनको काम सकिएको छ । आगामी ५ महीनामा देशभर ८० शाखा स्थापना गर्ने, अहिले राष्ट्रिय सहकारी बैंकको पहुँचमा नभएका सहकारीलाई सेवा उपलब्ध गराउने गरी हामी अघि बढ्छौँ । खास गरी यसका ग्राहक सहकारी संस्था मात्र हुनेछन्, व्यक्ति सदस्य हुन पाउँदैन । बैंक सञ्चालन गर्ने हाम्रो निर्णयपछि माहोल बनेको छ, राम्रो प्रतिक्रिया आइरहेको छ । तत्काल १ हजार बढी संस्थापक सदस्य बनाउने हाम्रो तयारी छ । एक वर्षमा १० हजार सदस्य बनाउने योजनाअनुसार काम गरिरहेका छौँ ।

बैंकको नेतृत्व वा मुख्य भूमिकामा को-को छन् ?

अहिले २५ जनाको टिम बनेको छ । टिम सबै क्षेत्रका व्यक्तिलाई समेटेर देशभरीबाट महिला, जनजाति, मधेश लगायत सबै क्षेत्रको प्रतिनिधित्व गर्ने गरी बनेको छ । सहकारी संस्था उत्साहित छन् । सर्वसम्मतले मेरो नेतृत्वमा सञ्चालक समिति घोषणा भएको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

सम्पूर्ण देशभरी छरिएका सहकारी संस्थालाई समेटेर अघि बढ्ने गरी हामीले तयारी गरेका छौँ, जसकारण सबै संस्थालाई यसमा आवद्ध हुन आह्वान पनि गर्दछु । ती वर्षभित्र ३ अर्ब पूँजी बनाउने हाम्रो सोच रहेको छ ।