दाङ– कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारमा १०/१० थान कम्प्युटर प्रदान गरिएको हो ।

गुडविल कम्युनिटी फाउण्डेशन एनसी, युएसए, रोटरी क्लब अफ ब्रान्चवुर्ग एनजे युएसए, रोटरी क्लब अफ धुलिखेल, सामुदायिक सेवा केन्द्र र आशा प्रोजेक्टको फ्रेण्डस अफ नेपालको सहयोगमा कारागारमा कम्प्युटर प्रदान गरिएको हो । घोराही र तुलसीपुरका कारागारका कैदीबन्दीका लागि कम्प्युटर हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT

# # #


कारागारलाई सुधारगृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्र बनाउने र कारागारबाट निस्केपछिको जीवनलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको गुडविल कम्युनिटी प्रतिनिधि अशोक श्रेष्ठले जानकारी दिए । जिल्लामा कैदी बन्दीहरुले पढ्न लागेको कुरा थाहा पाएपछि उनीहरुलाई कितावी ज्ञानसँगै प्रविधिको ज्ञान पनि होस्, भन्ने उद्देश्यले सहयोग गरिएको उनले बताए।

यस्तै, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पनि कारागारभित्रै बसेर पनि नयाँ प्रविधि र युग सहाउँदो ज्ञान हासिल गर्न सक्ने धारणा व्यक्त गरेका छन् । । उनले ज्ञानको भण्डार असिमित रहेको भन्दै कैदीबन्दीले कारागारभित्रै बसेर पनि ज्ञान हासिल गर्नसक्ने अवसर आएकोमा खुशीसमेत भएको बताए ।

कार्यक्रममा तुलसीपुर कारागारका प्रमुख युवराज परियारले कैदीबन्दीलाई प्राप्त अवसरलाई भरपुर सदुपयोग गरी ज्ञान हासिल गर्न सुझाव दिए । यस्तै, घोराही कारागार प्रमुख विष्णुप्रसाद पाण्डेले कसुरमा कारागारमा सजाय भोग्दै गरेका कैदी बन्दीमा सकारात्मक सोचको विकाससँगै पढ्ने बानीको विकास भएको बताए । रासस

प्रतिकृया

प्रतिकृया