दाङ– तुलसीपुर उद्योग वाणिज्य सङ्घले गतवर्ष सञ्चालन गरेको महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको छ । शनिबार सङ्घको २६औँ साधारणसभामा वाणिज्य सङ्घका कोषाध्यक्ष डिल्लीबहादुर वलीले महोत्सवमा विभिन्न शीर्षकमा रु ८७ लाख ८९ हजार ५ सय १२ आम्दानी भएको जानकारी दिएको हो ।


ADVERTISEMENT


यस्तै, उनले ३३ लाख ९९ हजार ४ सय ३७ खर्च भएको र सबै खर्च कटाएर महोत्सवबाट रु ५३ लाख ९० हजार ७५ बचत भएको बताए।


ADVERTISEMENT

# # #


 

यसैगरि, सङघका अध्यक्ष वीरबहादुर रातवले भनेकोरोना महामारीका कारण आफूहरुले आयव्यय सार्वजनिक समयमा गर्न नसकेको बताए ।
सङ्घले गत वर्षको माघ महिनामा महोत्सव आयोजना गरेको थियो । रासस