काठमाडौँ,
२३-असोज /  यहि असोज २८ गते देखि व्यवस्थापिका संसद सदस्यहरुको समयावधि सकिने भएको छ । मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि यहि असोज २९ गते समानुपातिक तर्फको मनोनयन दर्ता गर्ने मिति तयसंगै संसद सदस्यहरुको कार्यकाल सकिने भएको हो ।


ADVERTISEMENT


२८ गते व्यवस्थापिका संसदको समयावधि सकिने भए संगै चालु संसद अधिवेशन असोज २७ गतेसम्म मात्र चलाउन र त्यहिबीचमा आवश्यक सबै विधेयकहरु पारित गर्ने गरी सरकारसँग तालमेल गर्न संसद सचिवालयले सभामुख ओनसरी घर्तिमगरलाइ सुझाव दिएका छन् ।
जसअनुसार हिजो र अस्ति गरेर १४ घण्टामा १७ वटा कानून पास भए । अब रफ्तारमा बाँकि ऐन कानून र प्रस्ताव पनि पारित गर्ने तयारीमा संसद छ ।


ADVERTISEMENT

# # #


संविधानको संक्रमणकालिन व्यवस्था अन्र्तगत धारा २९६ को उपधारा १ बमोजिम रुपान्तरित व्यवस्थापिका संसदको आयु आगामी माघ ७ गतेसम्म कायम रहने उल्लेख छ ।

तर त्यहिबीचमा नयाँ संविधानको व्यवस्था अनुसार आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको मनोनयन दर्ता गर्ने मिति असोज २९ गतेका लागि तय गरेपछि वर्तमान सांसदहरुको आयु असोज २८ गते नै सकिन लागेको हो ।

कतिपय दलका सांसद र कानुनवीदहरुले प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत हुने निर्वाचनको मनोनयन गर्नु अगाडि मंसिर ४ गतेसम्म उनीहरुको पदावधि रहने बताउँदै आएका थिए । तर संविधानको प्रावधान र मर्म अनुसार, मनोनयन दर्ता प्रक्रिया प्रारम्भ भएपछि हालका सदस्यहरुको पदावधि सकिने पदावलीले उनीहरुको कार्यकाल अझै छोटिने भएको हो ।

संविधानको उक्त प्रावधान अनुसार, संघीय संसद सदस्य निर्वाचन प्रक्रियाका लागि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरुका लागि मनोनयन प्रक्रिया असोज २९ गतेबाटै प्रारम्भ हुने छ । जसका लागि यदि हाल सदस्य रहेका कुनै पनि सदस्यले मनोनयन दर्ता गरेमा उसको पदावधि स्वतः समाप्त हुन्छ ।

यहि प्रावधानको व्याख्या पश्चात नै संसद सचिवालयले २७ गते सम्म मात्र संसद चलाउने सुझाएको छ ।

जसअनुसार, प्रदेश प्रमुखको सेवा सुविधादेखि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अबको पाँच दिनभित्रै पारित गर्नु पर्ने भएको छ ।