काठमाडोँ– स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २ सय ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४ सयमा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २ सय ले घटेको छ । रु ९० हजार १ सय ५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९ सय ५०मूल्य निर्धारण भएको छ ।
त्यस्तै चाँदी तोलामा भने रु. पाँचले बढेको छ । रु. एक हजार ३ सय १० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३ सय १५ मूल्य निर्धारण भएको छ । रासस