एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले ईरानमाथि लगाएको आर्थिक प्रतिबन्ध नहटाउने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सीबीएस न्यूजका लागि शुक्रबार रेकर्ड गरिएको अन्तर्वार्तामा अमेरिका ईरानलाई वार्ताका तयार पार्न उसमाथि लगाइएको प्रतिबन्ध हटाउँछ भन्ने प्रश्नमा राष्ट्रपति बाइडेनले अस्वीकार गरेका हुन् । इरान सम्झौतालाई पुनः कार्यान्वयन गर्नका लागि दबाब बनाइरहनका लागि इरानमाथिको प्रतिबन्ध जारी राख्ने अमेरिकाको भनाई छ ।


ADVERTISEMENT

# # #


 सन् २०१५ मा भएको परमाणु समझौताअनुसार इरानलाई सीमित मात्रामा यूरेनियम संवर्द्धनको अनुमति रहेको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा अमेरिकालाई इरानसँगको परमाणु सम्झौत्ताबाट अलग्याएका थिए ।

तर, बाइडेनले उक्त सम्झौतालाई पुनः कार्यान्यन गरिने जनाएका हुन् ।

उता ईरानका सर्वोच्च नेता आयातुल्लाह खामेनेईले आइतबार आफूमाथि लगाइएको प्रतिबन्ध हटाइएमा मात्र ईरान अमेरिकासँगको परमाणु समझौतामा फर्किने बताएका छन् ।

ईरान र विश्वका ६ शक्तिशाली देशबीच सन् २०१५ मा परमाणु सम्झौता भइको थियो । जस अनुसार ईरानलाई यूरेनियम संवर्द्धनमा सख्त प्रतिबन्ध लगाइएको थियो । यो सम्झौताले इरानलाई परमाणु हसतयार बनाउन मुस्किल पारेको थियो ।