काठमाडौँ – गरिमा विकास बैँक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिईरहेको सेवा तथा सुविधालाई थप प्रभावकारी गर्ने प्रयोजनका लागि पोखरा महानगर–८स्थित बगर शाखामा लकर सेवाको सुरुवात गरेको छ ।


ADVERTISEMENT


आइतबारदेखि सञ्चालनमा आएको उक्त लकर सेवाको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकालले गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सीइओ ढकालले गरिमा विकास बैँक लिमिटेडले नेपाल राष्ट्र बैँकको नीति तथा नियमको परिधिमा बसेर आफ्नो सेवा देशभर विस्तार गरिरहेको जानकारी गराए ।


ADVERTISEMENT

# # #


उनका अनुसार हाल गरिमा विकास बैँकले देशभर १०६ वटा शाखा कार्यालयहरु र ५१ वटा एटीएमबाट बैंकिङ्गसेवा प्रदान गर्दै आएको छ । यस्तै चाँडै थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबाट समेत विस्तार गर्ने योजनामा बैँक रहेको सीईओ ढकालले जानकरी दिए ।