काठमाडौँ – नेपाल बंगलादेश बैंकले किसानका लागि कृषि लोन कार्ड योजना सञ्चालनमा ल्याएको छ । हेटौँडास्थित मकवानपुरगढी गाउँपालिकाका किसानलाई बैंकले पशुपालन तथा फलफुल तरकारी खेतीमूलक उद्यम गर्न लोन कार्ड योजना शुरु गरेको हो ।


ADVERTISEMENT


आर एण्ड डिइनोभेटिभ सोलुसन प्रालि मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच सहकार्य गरी बैंकले उक्त योजना ल्याएको हो । किसान कृषि लोन कार्डको योजना ल्याएको हो। बैंकले सोमवार समिति र कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालिको तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुमागाईँ र मकवानपुरगढी गाउँपालिका सहकारी समान्वय समितिका सह संयोजक कल्पना श्रेष्ठले चौपक्षिय सम्झौता गर्नुभएको थियो।

बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटाबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।