काठमाडौं – नेपाल रेल्वे कम्पनीले कुर्था–जयनगर रेल सञ्चालनको तयारी पूरा भएको बताएको छ । सबै तयारी पूरा भइसकेकोमा अब उद्घाटनलगत्तै सञ्चालन गर्न सकिने कम्पनीका महाप्रवन्ध गुरू भट्टराईले बताए ।


ADVERTISEMENT


भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । उनले भने, ‘त्यसमा रेल चालक, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन् ।’


ADVERTISEMENT

# # #


‘कम्पनीसँग खरीद गर्ने सामग्री र जनशक्तिका विषमा कुराकानी भइसकेको छ उताबाट टोलीले स्थलगत भ्रमणसमेत गरेको थियो,’ उनले भने, ‘यताबाट पत्र दिनासाथ उताको टोली तयारी अवस्थामा छ ।’

रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय दूतावासले बताएको छ । यद्यपि, रेलको उद्घाटन भच्र्युल माध्यमबाट हुने भट्टराईले बताए । उनले भने, ‘दुवै देशका प्रधानमन्त्रीको समय मिलेपछि मात्रै उद्घाटनको मिति तय हुनेछ ।’

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा सञ्चालनका लागि नेपालले १ अर्ब लागतमा २ सेट डेमो रेल खरिद गरेको थियो । असोज २ गते नै भारतले नेपाललाई रेल उपलब्ध गराएकोमा नेपालले रेल सञ्चालन गर्न सकेको छैन । ५ महीनादेखि ती रेल त्रिपालले छोपेर राखिएका छन् ।