धरान – निर्वाचन नेपाली कांग्रेसको प्रजातान्त्रिक शक्तिको आत्मा भएकाले नयाँ र ताजा जनमत लिन तयार हुनुपर्ने बताउँदै पूर्वमन्त्री समेत रहेका काँग्रेस सहमहामन्त्री सुनील बहादुर थापाले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन् ।


ADVERTISEMENT


सोमवार धरानमा स्कुल अफ डेमोक्रेसी नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाली जनताले ल्याएको संविधानलाई रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको छ यसका लागि दह्रो भएर लाग्नुपर्छ ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको आफूहरुले विरोध गरिरहेको समेत बताउँदै उनले चुनावबाट पनि कसैले भाग्न नहुने बताए ।