काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले निर्वाचनको तयारी अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार निर्वाचन आयोग पुगेर प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सरकारले तोकेको प्रतिनिधिसभाको निर्वाचनको तयारी निरन्तर अघि निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


उक्त अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रधानमन्त्री ओलीलाई निर्वाचनका लागि आयोगको तयारीबारे जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘मुलतः निर्वाचनको लागि आयोगले गरिरहेको तयारीबारेमा जानकारी लिन प्रधानमन्त्री यहाँ आउनु भएको हो ।’ उनले भने, ‘आयोगले निर्वाचनको सुरक्षा, बजेट लगायतका विभिन्न विषयकाबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ ।’


ADVERTISEMENT

# # #


प्रमुख निर्वाचन आयुक्तले सरकारले तोकेको समयमा नै निर्वाचन गराउनुबाहेक आयोगलाई अरु कुराको मतलब नभएको बताए । प्रमुख आयुक्त थपलियाले आयोगले गत माघ ११ गते उक्त विषयमा निर्णय गरिसकेको र पुनः माघ २० गते आयोगमा अर्को निवेदन प्राप्त भएको जानकारी प्रधानमन्त्रीलाई गराए ।

प्रेस सल्लाहकारथापाका अनुसार भेटमा नेकपाको आधिकारिकता र निर्वाचन चिन्हबारे कुनै छलफल भएको छैन । उनले भने, ‘आज आयोगमा प्रधानमन्त्री आउनुभएको हो, पार्टी आएको होइन ।’

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी वैशाख १७ गते पहिलो चरणमा ४० जिल्ला र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने गरी मिति तोकेको थियो ।