काठमाडौँ – नेकपाल ओली समूहले आफ्नो भातृ संगठन युवा संघको केन्द्रीय समिति पुनर्गठन गरेको छ । प्रचण्ड–माधव समूह विभाजन भएपछि आइतबार र सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय कमिटी पुनर्गठन गरेको हो ।


ADVERTISEMENT


बैठकले बचन बाहदुर सिंहलाई युवा संघको केन्द्रीय अध्यक्ष बनाएको छ भने किरण पौडेललाई सहअध्यक्षको जिम्मेवारी सुम्पिएको छ । यसअघि नेकपा एमाले–मोवादी केन्द्र एकतापछिको नेकपाको युवासंघको संयोजकमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ थिए । ओली प्रचण्ड समूहमा दरार आएपछि ओली समूहले उनलाई पदबाट हटाएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै युवा संघको महासचिवमा रमेश आचार्य मनोनयन भएका छन् भने उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारीलाई चयन गरिएको छ ।

यस्तै सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम, सुमन पुरीलाई युवा संघको उपाध्यक्ष बनाइएको छ ।

को को बने सचिव ? 

युवा संघको सचिवमा ३६ जना चयन भएका छन् । जसमा सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल र महेन्द्र गुरुङ छन् ।

यस्तै खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी र प्रताप डल्लाकोटी पनि युवा संघको सचिव बनेका छन् ।

यस्तै सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा र राकेश राई सचिवमा चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा मुकेश बुढाथोकी, सहकोषाध्यक्षमा राकेश लामा र हिमेश केसी, युवा संघ निर्वाचन आयोग प्रमुखमा बाबुराम पाण्डे र लेखा आयोग प्रमुखमा सुदीप सापकोटा र उपप्रमुख प्रल्हाद प्रधान चयन भएका छन् ।