काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको सुखीपुर नगरपालिका–८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।


ADVERTISEMENT


ग्लोबल आइएमई बैंकले देशका ७ वटै प्रदेश तथा ७४ जिल्लामा २६९ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।