काठमाडौँ – लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनी’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो ‘क्राउड सोर्सिङ प्रतियोगिता हो ।


ADVERTISEMENT


यसअघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो । जसमा सहभागीहरुले बैंकको डेबिट कार्डको लागि विभिन्न प्रकारका डिजाइन पेश गर्नु गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


बैँकका अनुसार ‘माई मोबाईल मनी’ प्रतियोगितामा भने ५ वटा विभिन्न शीर्षकमा रहेको र सहभागीहरुले प्रत्येक शीर्षकमा ३ मिनटसम्मको १–१ गरी कुल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यजस अनुसार सहभागीहरुले प्रत्येक शिर्षकमा ५० हजार रुपैयाँ गरी २ लाख ५० हजार रुपैयाँसम्म जित्ने अवसर रहेको थियो ।

प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट ४५० भन्दा बढी रेजिस्ट्रेसन मार्फत उत्साहजनक सहभागिता रहेको थियो । जसअनुसार पहिलो शीर्षकमा भने २ भिडियोहरुबिच बराबर भई २ वटै भिडियो विजेता बनेको बैँकले जनाएको छ ।

प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ताका आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो । जसअनुसार बिल भुक्तानी १ः मा विराटनगरका लकेश दंगल र भक्तपुरका मन्दिप बखुन्छेले जितेका छन् भने बिल भुक्तानी२ः मा पोखराका विकास त्रपाठी विजयी भएका छन् ।

यस्तै कार्ड सेवामा काठमाडौँका सन्तोष शाक्य, कार्ड रहित नगद निस्काषनमा चितवन भरतपुरका भुवन तिवारी र नगद ट्रान्स्फरमा मुस्ताङका छेवाङ गुरुङले जित हात पारेका छन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा काठमाडौं इन्टर्नेशनल फिल्म फेस्टिभलका फेस्टिभल निर्देशक रम्यता लिम्बु, भि–चित्र एडर्टाइजिङका म्यानेजिङ्ग डाइरेक्टर शेखर क्षेत्री रहेका थिए । निर्णायक लिम्बुले प्रतियोगिताको निर्णायकका रुपमा मेआफ्नो अनुभव सुखद ररहेको बताइन् । उनले भनिन्, ‘प्रतियोगी भिडियोहरु रचनात्मक र मौलिक हुनुको साथै बैंकको ब्राण्ड झल्काउने खालका थिए। विजेता र सम्पूर्ण सहभागीलाई हार्दिक बधाई दिन चाहन्छु।’

यस्तै अर्का निर्णयक क्षेत्रीले प्रतियोगी भिडियोको स्तर तथा प्रतियोगीको पूर्वतयारी आश्चर्यजनक रहेको बताए । उनले भने, ‘विजेता र सहभागी सबैलाई हार्दिक बधाई दिन चाहन्छु । साथै यस्तो उत्कृष्ट अभियानका लागि बैंकलाई धन्यवाद दिन चाहन्छु ।’

बैंकले प्रतियोगिताका सबै विजेताहरुलाई बधाई तथा प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेको छ । साथै यस प्रकारका नयाँ र रमाईला प्रतियोगिताहरु भविष्यमा पनि लिएर आउने प्रतिवद्धता जनाएको छ ।

भिडियो हेर्नुहोस् :