बाँके– खजुरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिकलाई आँखाको निःशुल्क उपचार गर्न शुरु गरिने भएको छ । जनतासँग स्थानीय सरकार कार्यक्रमअन्तर्गत भिजन आँखा अस्पताल नेपालगञ्जसँग सहकार्य गरेर १ देखि ८ वडामा आँखा शिविर गरिने गाउँपालिकाले जनाएको हो ।


ADVERTISEMENT


ज्येष्ठ नागरिकको आँखा निःशुल्क जाँच, औषधि वितरण र करीब एक सय जनाको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिइएको छ ।


ADVERTISEMENT

# # #


गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले वडा नं १ राधापुर स्वास्थचौकीमा सञ्चालित आँखा शिविरको शुभारम्भ गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम चालू आर्थिक वर्षदेखि सञ्चालनमा आएको हो । रासस