काठमाडौँ – अध्यागमन विभागले पर्यटन भिसामा विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिला विदेश जाँदा स्थानीय तहको सिफारिस र परिवारको मञ्जुरीनामा लिनुपर्ने अध्यागमन कार्यविधि २०६५ संशोधन मस्यौदा तयार पारेको छ ।


ADVERTISEMENT


विभागले गन्तव्य मुलुकमा आफन्त र नातागोता नभएका, पहिलो पटक अफ्रिकी र खाडी मुलुक जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलाले स्थानीय तहको सिफारिस र पारिवारिक मञ्जुरीनामा लिनुपर्ने प्रावधान राखेर विभागले कार्यविधि संशोधन गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


विभागले संशोधनका लागि तयार पारेको मस्यौदा गृह मन्त्रालयमा पठाइसकेको छ भने यसको चौतर्फी विरोध भएको छ । उक्त मस्यौदाको विरुद्धमा बिहीवार महिला अभियान्ताहरुले अध्यागमन अगाडि राहधानीसहित प्रदर्शन गर्ने भएका छन् ।

यता विभागले भने मानव तस्करको सेटिङमा विदेश पुगेर अलपत्र पर्ने र समयक्रममा यौन शोषणको सिकार हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न यस्तो प्रावधान ल्याउन लागिएको बताएको छ ।