एजेन्सी – अघिल्लो साता म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि म्यानमारमासहित संसारभरीका लोकतन्त्रवादीहरुले सेनाको उक्त कदमको विरोध गरिरहेका छन् । यही क्रममा अमेरिकाले म्यानमारका शैन्य नेताहरूमाथि प्रतिवन्ध गरेको छ ।


ADVERTISEMENT


अमेरिकी राष्ट्रपति जो बाइडनले सैनिक ‘कू’को विरोध गर्दै सत्ता छाड्न आग्रह गरेका थिए । अन्यथा अमेरिकाले कारवाही गर्ने चेतावनी बाइडनले दिएका थिए ।


ADVERTISEMENT

# # #


एजेन्सीकाअनुसार राष्ट्रपति बाइडनले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कू गर्ने नेता तथा उनीहरुको व्यापारमाथि प्रतिवन्ध लगाउने बताएका छन् । यसका साथै अमेरिकाले म्यानमारविरुद्ध निर्यात प्रतिवन्ध गर्ने रअ अमेरिकी बैंकहरुमा भएको म्यानमारको एक अर्ब डलर रकम पनि फ्रिज गरिदिने चेतावनी बाइडनले दिएका छन् ।