तनहुँ– गण्डकी प्रदेश सरकारको सहयोगमा मालपोत लाइन, उद्योग वाणिज्य सङ्घदेखि प्रशासन कार्यालयबाट पूर्वाधारको कार्यालय हुदैँ रिङरोड क्षेत्रमा कालोपत्र कार्य थालिएको छ । कूल बजेट रु ८२ लाख ३० हजार ९३८ रहेकामा रु ६० लाख ७८ हजार ९० मा ठेक्का सम्झौता गरिएको हो ।


ADVERTISEMENT


उक्त निर्माणको देवचुली निर्माण सेवा कावासोतीले जिम्मा पाएको छ । कूल दूरी १.१ किलोमिटर दूरीमा कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयकी सबइञ्जिनीयर निर्मला बरालले जानकारी दिएकी हुन् । रासस


ADVERTISEMENT

# # #