तनहुँ– कोभिड–१९ बाट सङ्क्रमित भएकाको उपचारका लागि निर्माण गरिएको सबै आइसोलेसन कक्ष खाली भएका छन् । जिल्लामा मङ्गलबार दुई जना थपिएसँगै २२ जना रहे पनि उनीहरु होम आइसोलेशनमा रहेकाले अस्पतालका आइसोलेशन कक्ष खाली भएको हो ।


ADVERTISEMENT


कोरोनाको जोखिम घट्दै गएपछि पेशा व्यवसाय, उद्योगधन्दा, कार्यालय, विद्यालय, सवारी साधन पुनः पुरानै लयमा फर्किसकेका छन् । कोभिड–१९ का कारण सबै क्षेत्रमा असर पर्दा सबैले नोक्सान व्योर्हनुपरेको व्यवसायीको भनाई छ ।


ADVERTISEMENT

# # #


यद्यपि हाल वातावरण सहज बन्दै गएपछि भने राहतको महसुस हुन थालेको उनीहरुले बताए । रासस