काठमाडौँ – मङ्सीर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गरेका छन् ।


ADVERTISEMENT


राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले सरकारले बैंक, वित्तीय संस्था र निजी क्षेत्रको नेतृत्वमा युवाहरुलाई उद्यमी बनाउने निति लिएको उल्लेख गर्दै अवसरको सही सदुयोग गर्न आग्रह गरे । योजना आयोगले समृद्ध नेपाल निमार्णका लागि युवा उद्यमशीलतालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गदै युवाहरुलाई चुनौतीसंग नडराउन आग्रह गरे। सोहि कार्यक्रमा बाग्मती प्रदेश उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले स्टार्टअप आइडियाहरुलाई संरक्षण र प्रोत्साहनकै लागि पुर्ण प्याकेजकोरुपमा यो आइडिया कल कार्यक्रम अघि बढेकाले यसमा आइडिया पठाउन र उद्यमी बन्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


काठमाडौं, भक्तपुर र ललीतपुर जिल्लामा स्टार्टअप कम्पनी सञ्चालन गरिरहेका, उद्यम सञ्चालन गर्न खोजीरहेका र विभिन्न कलेजका व्यवस्थापन र आइटी पढ्दै गरेका करिव १५० जना युवाहरुलाई कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, वर्ल्ड लिंकका अध्यक्ष एवं युवा उद्यमी दिलिप अग्रवाल, ई कमर्स संस्तो डिलका संस्थापक अमुन थापालगायतका उद्यमी व्यवसायीले विभिन्न सेसनमा युवाहरुलाई हौसला प्रदान गरेका थिए ।

स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले हालसम्म ४ सय जना युवाहरुले स्टार्टअप आइडिया कल ९धधध।कतबचतगउष्मभबअबिि।यचन० मा प्रस्ताव पठाएको जानकारी गराए । उनले माघ मसान्तसम्म आइडिया पठाउने युवाहरुलाई निःशुल्क तालीम र सहुलियतपुर्ण कर्जाका लागि आयोजकहरुले सहजीकरण गर्ने बताए । युवा उद्यमी प्रवर्द्धन कार्यक्रम अन्तगर्त बागमती प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरु लक्षित गरेर आइडिया कल कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाई रहेको छ ।