काठमाडौं – काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्ले नेशनल कलेजको लागि २६ औं दीक्षान्त समारोह शुक्रबार सम्पन्न गरेकोे छ ।


ADVERTISEMENT


नेशनल कलेज परिसर धुम्बाराहीमा भएको उक्त समारोहमा सन् २०१६–२० ब्याचका ८८ विद्यार्थीलाई स्कुल अफ आर्टस्का डिन तथा सभासद् प्राडा सागर राज शर्मा र काठमाडौं युनिभर्सिटीकी सभासद् इकुमाया पुनले दीक्षित गर्दै प्रमाणपत्र प्रदान गरेका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा ब्याचलर इन डेभलपमेन्ट स्टडिजकी श्रेया पौडेल, ब्याचलर इन डेभलपमेन्ट फाइनान्सकी रसिका बोहोरा र ब्याचलर अफ सोसियल साइन्सकी शिला थापाले आ–आफ्ना विषयमा सर्वोत्कृष्ट नतिजा हासिल गरेकोले स्वर्ण पदकद्वारा सम्मान गरिएको छ ।

कोभिड–१९ को महामारीका बीच पनि कलेजले ब्याचलर डिग्रि प्रदान गर्ने गरी शैक्षिक कार्यक्रम जारी राखेर सफलता प्राप्त गरेको काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्ले जनाएको छ ।