काठमाडौँ– सरकारले यहि महिनाको २३ गतेदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ । प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो समूहलाई खोप वितरण गरेपछि सरकारले अब आम सर्वसाधारणलाई पनि खोप वितरण गर्ने योजना अनुरुप सरकारले तयारी थालेको हो ।


ADVERTISEMENT


भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार अग्रभागमा खटिएकालाई खोप लगाउने सरकारको लक्ष्य थियो ।


ADVERTISEMENT

# # #


तर, ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाएका छन् । २६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको छ । यस्तै, फागुन २ देखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा छुटेकाहरुलाई कोरोना खोप दिइनेछ ।

त्यसपश्चात्, भने आम सर्वसाधारणलाई खोप दिइने जनाइएको छ ।