काठमाडौँ–  गोकर्णेश्वर नगरपालिकाले नगरपालिकाको धार्मिक एवं सांस्कृतिक समितिले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरेको छ । नगरप्रमुख चालिसे, प्रमुख सल्लाहकार रिसाल, वडाध्यक्ष मानन्धर, प्रा. डा. ऋषिराम पोखरेल र समितिका संयोजक दामोदर खनालले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने १२ जनालाई संयुक्तरूपमा सम्मान गरेका हुन् ।


ADVERTISEMENT


योग शिक्षाको विस्तारमा योगदान गरेवापत अच्युत अर्याल, बुद्ध संस्कृति र परम्पराको विकासमा योगदान गरेवापत शङ्करमान तामाङ र सामाज सेवामा योगदान गरेवापत श्रीप्रसाद अर्याल, सविता चालिसे, रामचन्द्र खड्का, केशवप्रसाद खनाल, अष्टमान श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, नरेश मानन्धर, जगदीश पोखरेल, दिनेश बस्नेत र लक्ष्मी चालिसे सम्मानित भएका छन्।


ADVERTISEMENT

# # #


त्यस अवसरमा नगरप्रमुख चालिसेले मठमन्दिर, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको बताए । रासस