काठमाडौँ – गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित भएका श्याम प्रसाद बस्याल पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।


ADVERTISEMENT


सोमबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले अध्यक्ष बस्याललाई शपथ ग्रहण गराएका हुन् । शपथ कार्यक्रममा विकास बैँकका सीईओ गोविन्द ढकाल लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


विकास बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका थिए ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम सञ्चालनमा छन् ।