काठमाडौँ – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बिच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नेबारे द्धिपक्षिय सम्झौता भएको छ ।


ADVERTISEMENT


फाइनान्सले हालै सम्पन्न साधारण सभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । फाइनान्सले प्रतिशेयर रु. १०० दरका २७,२९,७०५ कित्ता हकप्रद शेयर जारी गर्नेछ । सो सम्बन्धी निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न बि.ओ.के. क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।


ADVERTISEMENT

# # #


हाल समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाहरु काठमाण्डौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरु मार्फत प्रवाह गर्दै आएको छ । निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्ने योजना पनि रहेको छ ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।