काठमाडौं – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भन्सार विभागले गरेका काम र अनुभव समेटिएको पुस्तक ‘कोरोना कालमा भन्सार प्रशासनः प्रयास एवं अनुभूति संग्रह’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


विभागका महानिर्देशक सुमन दाहालद्वारा लिखित उक्त पुस्तकको सोमबार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले विमोचन गरेका हुन् । महानिर्देशक दाहालका अनुसार पुस्तक सिंगो देश नै घरभित्र कैद भएको अवस्थामा अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको भन्सार प्रशासनले कसरी सेवा प्रदान गर्यो भन्ने विषयमा लेखिएको छ ।


ADVERTISEMENT

# # #


विभागमा आउने भावी नेतृत्वले पनि पुस्तकबाट विषम परिस्थितिमा पनि कसरी भन्सार प्रशासनको सेवालाई चुस्त दुरुस्त राख्न सकिन्छ भन्ने मार्ग दर्शन पाउन सक्ने पनि उनले बताए ।

कोरोना कालमा भन्सार प्रशासनः प्रयास एवं अनुभूति संग्रहहरु समेटिएको छ । साथै महानिर्देशक दाहालले भन्सार प्रशासनको सुधारका लागि गरेका कामहरुको विवरण पनि राखेका छन् ।

विमोचन कार्यक्रममा अर्थ सचिव ढुंगानाले कोरोना कालमा सहज ढंगले भन्सार प्रशासन सञ्चालन गर्नु र सोही अवधिका अनुभव समेटेर पुस्तक प्रकाशन गर्नुलाई महानिर्देशक दाहालको ठूलो सफलता भएको बताए ।