ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ चाङ्गाथलीमा किरियापुत्री भवनको शिलान्यास भएको छ ।


ADVERTISEMENT


मंगलबार श्रीपञ्चमीको अवसर पारेर नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष नकुल थापा लगायतको समेत उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


साढे दुई तल्ला बन्ने उक्त भवनको लागत करिब ४५ लाख रुपैँया अनुमान गरिएको छ । भवन निर्माणका लागि वडाका तर्फबाट ९ लाख रकम बजेट बिनियोजन गरिएको वडाध्यक्ष थापाले जानकारी दिएका छन् ।

हिमालय पोष्ट डटकमले उक्त भवन निर्माणका लागि आफ्नो सामाजिक सेवा अन्तर्गत ११ हजार १ सय १० रुपैँया सहयोग गरेको थियो ।

भवन निर्माणका लागि चाङ्गाथली किरियापुत्री भवन निर्माण समितिले आवश्यक सहयोगका लागि आह्वान समेत गरेको छ ।