काठमाडौँ- सत्याग्रही डा. गोविन्द केसीले सरकारले सचिव स्तरीय ३ सदस्यीय वार्ता टोली गठन गरेको लगत्तै आफ्नो तर्फबाट प्रथम चरणमा ५१ सदस्यीय वार्ता टोली गठन गरेका छन्।


ADVERTISEMENT


डा. गोविन्द केसीले वार्ता टोलीमा संलग्न हुन चाहने जो सुकै नेपालीलाई सहभागी हुन आह्वान गरेका छन्। उनले दोस्रो चरणमा ७७ जिल्लाकै प्रतिनिधित्व हुने गरी टोली गठन गरिने जनाए।


ADVERTISEMENT

# # #


बिहिबार जारी विज्ञप्तिमा भनिएको छ ‘यो लामो लडाई भएको हुँदा प्रथम चरणमा ५१ सदस्यीय वार्ता टोली भए पनि दोस्रो चरणमा ७७ जिल्लाकै प्रतिनिधित्व हुने गरि यसलाई विस्तार गरिने छ । दुर्गम र विकट क्षेत्रको प्रतिनिधित्व हुने गरी वार्ता टोलीमा संलग्न हुन् चाहने जो सुकै नेपालीलाई सम्पर्कमा आउन आह्वान गरिएको छ।’

डा. केसीले नेतृत्व गरेका आन्दोलनमा जोडिन चाहने जो सुकैको लागि पनि आजैबाट मिस कल मार्फत जोडिन सकिने व्यवस्था गरिएको छ। फेसबुक वा टेलिफोन (९८६२३७१०९३) मार्फत मिस कल दिएर सिधै सम्पर्क गर्न सकिने बताइएको छ ।

डा. केसीले उठाएको आन्दोलन अब हरेक गाउँ, टोल, जिल्ला जिल्लामा फैलाउने अभियानमा वार्ता टोलीका सदस्यहरूले नेतृत्वदाही भूमिका खेल्ने डा. केसीले विश्वास लिएका छन्।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका बेथितिलाई अन्त्य गर्नको लागि उनी १३ अौँ पटक अनसनरत छन्।