चितवन– पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले ठक्कर दिँदा हरिणको मृत्यु भएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार, बिहान करीब ४ः३५ बजेको समयमा रौतहटबाट नुवाकोट जान आउँदै गरेको ना ६ ख १४६० नंको ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै हरिणको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


घटनापछि फरार भएका चालक र ट्रकलाई प्रहरीले भरतपुर महानगरपालिका १ रामनगरबाट पक्राउ गरेको छ । नवलपरासीको देवचुली नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाइएको थापाले जानकारी दिए । रासस