काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको काठमाडौं महानगरपालिका वडा नं। ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


विकास बैँकले बिहीबार ५ लाख रुपैयाँ सहयोग गरेको हो । बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।

देशभर १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।