काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ चाङ्गाथलीमा निर्माणधीन किरियापुत्री भवनका लागि नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले सहयोग गरेका छन् ।


ADVERTISEMENT


बिहीबार अध्यक्ष दाहालले वडाध्यक्ष नकुल थापालाई भवन निर्माणका लागि सहयोग स्वरुप ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेका हुन् । सो क्रममा अध्यक्ष दाहालले भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘यो सामाजिक काममा सहयोग गर्न पाउँदा खुसी लागेको छ । यो अभियानमा साथ दिन सबैलाई अग्रह गर्दछु ।’


ADVERTISEMENT

# # #


साढे दुई तल्ला बन्ने उक्त भवनको लागत करिब ४५ लाख रुपैँया अनुमान गरिएको छ । भवन निर्माणका लागि वडाका तर्फबाट ९ लाख रकम बजेट बिनियोजन गरिएको वडाध्यक्ष थापाले जानकारी दिएका छन् । भवनको वसन्त पञ्चमीको अवसरमा पारेर मंगलबार नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापाले संयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए ।

यसअघि हिमालय पोष्ट डटकमले उक्त भवन निर्माणका लागि आफ्नो सामाजिक सेवा अन्तर्गत ११ हजार १ सय १० रुपैँया सहयोग गरेको थियो ।

भवन निर्माणका लागि चाङ्गाथली किरियापुत्री भवन निर्माण समितिले आवश्यक सहयोगका लागि आह्वान समेत गरेको छ । ५ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेहरुको नाम शिलापत्रमा नाम राखिने वडाध्यक्ष थापाले जानकारी दिएका छन् ।