काठमाडौँ – प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस नेता शिव पौडेलको हत्यामा संलग्न अपराधीलाई आममाफी दिएकी छन् ।


ADVERTISEMENT


तत्कालीन चितवन तरुण दलका अध्यक्ष समेत रहेका पौडेलको हत्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसीलाई शुक्रवार राष्ट्रपति भण्डारीले आममाफी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


२०६८ पुसमा चितवन कारागारभित्र पौडेलको हत्या भएको थियो । हत्यापछि हत्या प्रमाणित भई श्रेष्ठ, मोक्तान र केसी जेल सजाय भुक्तान गरिरहेका थिए ।

पौडेलको हत्याका अपराधीलाई आममाफी दिएकोमा तरुण दलले आपत्ति जनाउँदै उक्त कार्यको भर्त्सना गरेको छ । तरुण दलले विज्ञप्ति निकाल्दै जेलभित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छीत कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य बढाएको आरोप लगाएको छ ।

तरुण दलले उक्त विज्ञप्तिमार्फत राष्ट्रपतिको उक्त कदमको विरोध गर्दैै चरणबद्ध रुपमा विरोधका कार्यक्रमको समेत घोषणा गरेको छ ।