काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


भट्टराई आइतबार स्वास्थ्य उपचारका लागि नेपाल एयरलान्सको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका उनको निजी सचिवालयले जनाएको छ । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् ।


ADVERTISEMENT

# # #


अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले डा भट्टराई उपचारका लागि दिल्ली गएका हुन् । उनको त्यहाँ ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने बताइएको छ ।

भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डे पनि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।