काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपर्दा आफूलाई दुःखी र लज्जाबोध भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराई उक्त कुरा बताएका हुन् । उनले ट्युमरको उपचारका लागि पनि विदेश जानु पर्दा दुःख लागेको बताएका छन् ।
उनले ट्वीटरमा भनेका छन्, ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जितरदुस्खित छु।२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’


ADVERTISEMENT

# # #


उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेलाई धन्यवाद दिएका छन् । भट्टराई आइतबार स्वास्थ्य उपचारका लागि नेपाल एयरलान्सको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका थिए । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले डा भट्टराई उपचारका लागि दिल्ली गएका हुन् । उनको त्यहाँ ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने बताइएको छ ।