काठमाडौँ – चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को लागि ३१ देशका ६३ वटा चलचित्र छनोट भएका छन् ।


ADVERTISEMENT


नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको महोत्सवका लागि ५२ देशबाट ४५० वटा चलचित्र प्राप्त भएका थिए । जसमध्येबाट आन्तरिक छनोट समितिले दिएको नम्बरका आधारमा ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रतिस्पर्धाको लागि छनोट गरिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार महोत्सव फागुन १२ देखि १६ सम्म काठमाडौँमा गरिने तयारी गरे पनि कोरोनाको प्रकावका कारण आगामी वैशाख २३ देखि २७ अर्थात् मे ६ देखि १० सम्म काठमाडौँमा गर्ने गरि सारिएको छ । महोत्सवमा हालसम्म नेपाली फिल्म सहभागिताका लागि प्राप्त नभएको र विशेष र उत्कृष्ट फिल्म प्राप्त भए अप्रतियोगी हुने गरी प्रदर्शन गर्न सकिने अध्यक्ष पाठकले बताएका छन् ।

यो वर्ष महामारीको विषयमा बनेको चलचित्रका लागि अलग्गै विधा थपिएको छ। उक्त विधामा उत्कृष्ट हुने एक चलचित्रलाई पाँच सय डलर राशी पुरस्कारसहित अवार्ड प्रदान गरिनेछ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ। सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरको बाग्मती अवार्ड समेत प्रदान गरिनेछ।

त्यस्तै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।