काठमाडौँ –रियलमीले पछिल्लो उत्पादन रेसको ‘जीटी’ सार्वजनिक गर्ने मिति तय भएको छ । कम्पनीले मार्च ४ देखि नेपालसहित विश्वभर एकैसाथ मोबाइल सार्वजनिक गर्न लागेको रियलमी नेपालले जानकारी दिएको छ ।


ADVERTISEMENT


यसको कोडनाम रेस राखिएको छ, कम्पनीले यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरेको छ ।


ADVERTISEMENT

# # #


हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्लैगसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रुपमा लोकप्रिय बन्दै गएका छन् । कम्पनीले जीटी ब्राण्डको यो स्मार्टफोन नयाँ जेनेरेसनका युवाहरूको मागलाई सम्बोधन गर्नेगरी निर्माण गरेको छ ।