कञ्चनपुर – बेलौरी नगरपालिका ६ भुरकोटकी एक महिलाले कोदालो फरुवा गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् ।


ADVERTISEMENT


आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए।

‘बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ,’ उनले भने, ‘ओमप्रकाशको टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ, वसन्तीलाई नियन्त्रणमा लिइएको छ ।’ रासस