हेटौंँडा– उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किदा सवारीमा सवार यात्रुहरु घाइते भएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र तिनको अवस्था समान्य रहेको छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ । रासस


ADVERTISEMENT

# # #