काठमाडौँ– स्थानीय बजारमा सुनको मूल्य तोलामा रु. एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ । रासस