काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । स‌ंवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा उक्त मुद्दाको फैसला पढेर सुनाउँदैछन् ।


ADVERTISEMENT


अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलास रहेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेकी थिइन् ।  संसद विघटन असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका थिए ।

उक्त रिटहरुलाई संवैधानिक इजलासमा लगेर गत माघ ५ देखि सर्वोच्चले नियमित सुनुवाइ गरेको थियो ।