काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाबारे प्रतिक्रिया जनाएका छन् । भारतमा उपचाररत उनले मंगलवार ट्विट गर्दै सर्वोच्चले संसद् पुनःस्थापना गरेर लोकतन्त्रको रक्षा गरेको बताएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीलाई भष्मासुरको संज्ञा दिँदै आएका भट्टराईले भनेका छन्, ‘हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ।’


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– सर्वोच्चको फैसला : प्रधानमन्त्रीको कदम असंवैधानिक, प्रतिनिधिसभा पुनर्स्थापना
– १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको आदेश
– यस्तो छ प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)
– संसद पुनर्स्थापन गरेर सर्वोच्चले न्यायालयप्रतिको जनविश्वासलाई उच्च बनायो : गगन थापा

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो ।