काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेर न्यायालयप्रतिको जनविश्वास उच्च बनाएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता थापाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अदालतले बिना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याएको बताएका छन् । उनले फेसबुकमा भनेका छन्, ‘हामी सबैलाई बधाई ! संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

सम्बन्धित समाचार
– सर्वोच्चको फैसला : प्रधानमन्त्रीको कदम असंवैधानिक, प्रतिनिधिसभा पुनर्स्थापना
– १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको आदेश
– यस्तो छ प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)
– सर्वोच्चले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्‍यो : बाबुराम भट्टराई

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ ।

हामी सवैलाई बधाई!

संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च…

Posted by Gagan Thapa on Tuesday, February 23, 2021