काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. ३०० ले ओरालो लागेको छ । मङ्गलबार तोलामा नै रु. एक हजार १०० ले उकालो लागेको सुनको मुल्य आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु. ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै, तेजाबी सुन तोलामा रु. ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा रु. ८९ हजार ६ सय ५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा रु. १५ ले घटेको छ । रु. एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु. एक हजार ३ सय ४५ मूल्य निर्धारण भएको छ । रासस